कृष्णनगरमा क्रिकेटर रौनक श्रीवास्तवलाई भव्य स्वागत

कृष्णनगरमा क्रिकेटर रौनक श्रीवास्तवलाई भव्य स्वागत

कपिलवस्तु, असार २५ – मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका युवा क्रिकेटर रौनक श्रीवास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत गरिएको छ।

कृष्णनगर नपा–२ का वडाध्यक्ष कृष्णकुमार गुप्ताको अगुवाइमा गोलघरमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। नेपाल हज कमिटी सदस्य मिर्जा राशिद बेग, उद्योग वाणिज्य संघ अध्यक्ष रितेश शर्मा लगायतले पनि रौनकलाई सम्मान गरे।

रौनकले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए। कार्यक्रममा युवा नेता, जनप्रतिनिधि, प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो। आयोजकहरूले रौनकको उपलब्धिले नगर र देशको गौरव बढाएको बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *