
कमलेश चन्द्र गुप्ता / कपिलबस्तु
कृष्णनगरको चर्चित नेता शिवप्रसाद जयसवालको लोकप्रियता यथावत रहेको छ। विगतका दिन देखि नै समाजिक कार्यमा अग्रसर रहेका जयसवाल अहिले चुनावी मैदानमा आगाडी देखिएका छन । नेता जयसवाल ग्रामीणस्तरमा निकै चर्चित थए तर एमालेबाट टिकट कुनाल प्रताप शाह पाएपछि जयसवाल ११ गते जसपामा प्रवेश गरेका थिए। जयसवालले जसपा प्रबेश गरे पनि उम्मेदवारी भने अकरम पठानले दर्ता गराए । पछि जयसवाल लोसपाबाट उम्मेदवारी दिए तर उपमेयरमा पुरुषको नाम दर्ता भएपछि उनको सो उम्मेदवारी पनि खारेज भयो । उम्मेदवारी दिने दिन नै उनका छोरा महेश जयसवालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए र सोही उम्मेदवारीले लालटीन चुनाव चिन्ह पाएका थिए। आफ्नो चुनाव चिन्ह लालटिन भएकोले जयसवाल परिवार र उनका समर्थक लालटिन सहित चुनावी प्रचारप्रसारमा होमिएका छन । जनताको बीचमा लालटिन चुनाव लिएर ज्यादा पहिले जस्तो साथ सहयोग पाएले अझैपनी उनको लोकप्रियता कम नभएको बुझिन्छ ।
