कृष्णनगरमा प्रहरीद्वारा अबैध चामल  बरामद ।


  कृष्णनगर , ११ पुष ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको हो ।
कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवबाट  चामल प्रहरीले बरामद गरेको हो ।
कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका–४, महादेवका  ट्रयाक्टर चालक सुकई केवटले ट्रयाक्टरबाट १ सय किलो अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।
बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top