कृष्णनगरमा ब्राउन सुगर सहित एक युवा पक्राउ

 
जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ ।
राति दस बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्र.नि. शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्र.स.नि. अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले
लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा कालो सुन्तला रङको ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध ( ब्राउन सुगर ) खैरो हिरोईन बरामद गरिएकाे छ ।
पक्राउ परेका खटिकलाई म्याद थप भई अनुसन्धानका लागि हिरासतमा राखिएकाे इप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनुभएकाे छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *