कृष्णनगरमा महिलालाई महिला कानुनी अधिकार सम्बन्धि तालीम


कमलेशचन्द्र गुप्त , कृष्णनगर ।
कृष्णनगर नगरपालिका वडा नं.३ चैपुरवा स्थित कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा कृष्णनगर नगरपालिकाको आयोजना तथा यस ईलाका प्रहरी कार्यालय कृष्णनगरको सहकार्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत “महिला कानुनी अधिकार सम्बन्धी २ दिने नगरस्तर तालिम” संचालन गरिएको छ । चैत २६ र २७ गते सो तालीम हुने ईलाका प्रहरी कार्यलय कृष्णनगरले बताएको छ ।

स्थानिय महिला र वडा सदस्यहरु लगायत ३० जनाको सहभागितामा संचालन गरिएको उक्त तालिममा महिला अधिकार सम्बन्धी कानुनी ब्यबस्था, देवानी र फौजदारी कसुर सम्बन्धी जानकारी, बहुविवाह रोकथाम, जबरजस्ती करणी, मानव बेचबिखन र महिलाको हकहितको संरक्षण, बालबालिकाको सुरक्षा सम्बन्धी बिषयमा यस ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज पछाई तथा कृष्णनगर नगरपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक थुमादेवी उपाध्याय द्वारा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *