कपिलवस्तु, २०८१ असोज ६ –
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित प्रहरी चेकपोष्टमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय कृष्ण कुर्मीलाई चेकजाँच गर्दा उनको साथबाट ३ पत्ता (४५ ट्याब्लेट) लागुऔषध Nitrazepam NITRAVET-10, १ पत्ता (१० क्याप्सुल) Tramadol Hydrochloride Capsules I.P. 50 mg र १ थान POCO मोबाइल फोन बरामद भएको छ।
प्रहरीले कुर्मीलाई तत्कालै नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाइएको छ र कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ईप्रका कृष्णनगर का प्रहरी निरीक्षक सुरज खत्रीले बताएका छन ।