कृष्णनगरमा शैक्षिक सुधारकाे उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृष्णनगरमा शैक्षिक सुधारकाे उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्र धोबी , असार १३ ,
कृष्णनगर नगरपालिका वडा नं. ७ अजिगराकाे आर्थिक सहयाेगमा त्रिशक्ति सामाजिक विकास संस्थाद्वारा आयोजित एक दिवसीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायत ५५ जना सरोकारवालाहरूको सहभागिता थियो। शिक्षामा गुणस्तर सुधार, विद्यार्थीको उपस्थिति, सिकाइ क्षमता, सरसफाइ र अभिभावक-बिद्यालय समन्वयबारे छलफल गरियो।
वडा अध्यक्ष राज किशोर यादवले स्थानीय सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे भने विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले सरोकारवालाहरूको भूमिकाबारे धारणा राखे। छलफलबाट शैक्षिक सुधारका लागि वार्षिक कार्ययोजना र आर्थिक प्रस्ताव तयार गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *