कृष्णनगरमा सशस्त्र प्रहरीको चेकपोइन्ट अस्थायी रूपमा बन्द, चालकहरू अन्योलमा

कृष्णनगरमा सशस्त्र प्रहरीको चेकपोइन्ट अस्थायी रूपमा बन्द, चालकहरू अन्योलमा

कृष्णनगर ।

कृष्णनगर क्षेत्रमा वर्षौंदेखि निरन्तर सञ्चालन हुँदै आएको सशस्त्र प्रहरी बलको स्थायी चेकपोइन्ट केही दिनयता सोही स्थानमा बन्द रहेको छ। यद्यपि चेकजाँचको बोर्ड भने यथावत् राखिएकाले नयाँ आउने मालवाहक गाडीहरू रोकिएर केही समय अन्योलमा पर्ने गरेका छन्।
स्थानीय स्रोतका अनुसार चेकपोइन्ट बन्द रहे पनि सशस्त्र प्रहरीले सो स्थानभन्दा केही अगाडि–पछाडि छड्के रूपमा चेकजाँच गरिरहेको छ। यसले नियमित रूपमा आवतजावत गर्ने सवारीसाधनका चालक तथा व्यापारीहरूमा अन्योल र असहजता बढेको बताइएको छ।
यस विषयमा सशस्त्र प्रहरी बल कपिलवस्तुका जिल्ला प्रमुख (एसपी)सँग बुझ्दा, उक्त चेकपोस्टबाट विशेष फरक नपर्ने देखिएकाले केही दिनका लागि सो स्थानमा चेकजाँच नगरी अन्य ठाउँमा केन्द्रित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सुरक्षा संवेदनशीलता र कार्यक्षमताका आधारमा चेकजाँच स्थान समय–समयमा परिवर्तन हुने गर्दछ।
हाल स्थायी चेकपोइन्ट बन्द रहे पनि क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको र आवश्यकताअनुसार छड्के चेकजाँच जारी रहने सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *