
कपिलवस्तु, साउन २४
कपिलवस्तुको कृष्णनगरमा प्रहरीले लागुऔषध र नगद रकमसहित एक पुरुषलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले साउन २२ गते विहीबार बेलुकी करिब ८ बजे, कृष्णनगर नगरपालिका–२ शंकरनगरका ४६ वर्षीय दीप नारायण कुर्मीलाई फेमिली क्लिनिक अगाडिबाट संकास्पद अवस्थामा पक्राउ गरेको हो।प्रहरीको चेकजाँचमा कुर्मीको साथबाट ३ वटा प्लास्टिकमा प्याक गरिएका ६५ पुडिया फेला परे, जसको तौल २ ग्राम ८० मिलीग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ थियो। साथै उनको साथबाट नगद रु. ३०,००० पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतको आदेशमा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।