कृष्णनगरमा २८३० केजी सिद्रा माछासहित मिनि ट्रक नियन्त्रणमा

कृष्णनगरमा २८३० केजी सिद्रा माछासहित मिनि ट्रक नियन्त्रणमा

कपिलवस्तु, माघ ५ –

जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका वडा नं. २ स्थित चेकपोष्टमा प्रहरी चेकजाँचका क्रममा नियम विपरीत थप सिद्रा माछा बोकेको मिनि ट्रक नियन्त्रणमा लिइएको छ।
माघ ४ गते साँझ ८ बजे कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको UP 53 FT 6869 नम्बरको मिनि ट्रकलाई चेकजाँच गर्दा चालक शिवशंकर रायले पेस गरेको बिलमा २६२५ केजी सिद्रा माछा रहेको उल्लेख थियो। तर, गाडीमा लोड माछा तौल गर्दा २८३० केजी देखिएको छ। यसरी २०५ केजी माछा बढी पाइएपछि ट्रक र माछा नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको माछाको बजार मूल्य रु. १४ लाख १५ हजार रहेको छ भने गाडीको अनुमानित मूल्य रु. ३५ लाख रहेको छ। यसरी सामानसहित जम्मा रु. ४९ लाख १५ हजार बराबरको सम्पत्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मिनि ट्रक चालक भारत उत्तर प्रदेश, गोरखपुरका ४७ वर्षीय शिवशंकर राय र माछाका मालिक कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. ७ निवासी ३३ वर्षीय दुर्गा प्रसाद यादवलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ।
प्रहरीले अबैध रुपमा लोड गरिएको माछा र संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने जानकारी दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *