कृष्णनगर नपा-९ मा निःशुल्क ३०० जनाको आँखा जाँच , ७२ जनाको अप्रेसन सिफारिस

कृष्णनगर नपा-९ मा निःशुल्क ३०० जनाको आँखा जाँच , ७२ जनाको अप्रेसन सिफारिस

कमलेश गुप्त , बहादुरगन्ज।
  कृष्णनगर नगरपालिका वडा नं. ९ द्वारा आयोजित निःशुल्क आँखा शिविर २०८१ भदौ २२ गते वडा नं. ९ कार्यालयमा सम्पन्न भएको छ।
शिविरमा करिब ३०० जनाले आफ्नो आँखाको जाँच गराएका थिए। जसमध्ये ७२ जनामा गम्भीर समस्या देखिएकोले उनीहरूलाई आँखा अप्रेसनका लागि छनोट गरिएको छ। शिविरमा आएका अन्य बिरामीहरूलाई आवश्यक औषधि र परामर्श निःशुल्क प्रदान गरिएको थियो।

शिविर संचालनका लागि कृष्णनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले सहयोग गरेको थियो। साथै, तौलिहवा आँखा अस्पतालको प्राविधिक टोलीले आँखाको जाँच र उपचार प्रक्रिया सम्हालेको थियो। कार्यक्रमको सह-आयोजक एकीकृत सिकाई परिचालन सामाजिक संस्था रहेको थियो।

शिविरमा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो। वडा नं. ९ का वडा अध्यक्ष सतिष कुमार हरिजन लगायत  जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयोजकहरूले समुदायमा स्वास्थ्य सेवा पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *