कृष्णनगर भन्सार अगाडि लागुऔषधसहित दुई जना पक्राउ

कृष्णनगर भन्सार अगाडि लागुऔषधसहित दुई जना पक्राउ

कृष्णनगर २३माघ –
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ स्थित भन्सार कार्यालय अगाडि खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मिति २०८१ माघ २२ गते दिउँसो अन्दाजी ३:०० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बिजयनगर गाउँपालिका-४, बरगद्दा निवासी २८ वर्षीय मतिउल्ला मुसलमान र बिजयनगर गाउँपालिका-३, कडिहार निवासी २५ वर्षीय मैराज अहमद रहेका छन्।
प्रहरीका अनुसार मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया ब्राउन सुगर (शुद्ध तौल ८२० मिलिग्राम), एक थान ब्लेडको टुक्रा, TECNO मोबाइल र रातो-कालो रङको पल्सर 220 मोटरसाइकल फेला परेको छ। त्यस्तै, मैराज अहमदको साथबाट VIVO मोबाइल बरामद गरिएको छ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले  जनाएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *