कृष्णनगर र बढनी बजारमा भारतीय मुद्रा हाबी, सटही दरमा उपभोक्ता ठगिँदै ।


कमलेशचन्द्र गुप्त ,कृष्णनगर ।
कृष्णनगर बढनी बजारमा भारतीय मुद्रा हाबी हुँदै गएको र सटही दरको नाममा उपभोक्ता लुटिन थालेका छन्। स्थानीय तथा नेपाली उपभोक्ताहरूका अनुसार एक हजार नेपाली रुपैयाँको सट्टामा केवल ५९० भारु दिइँदै छ, जसले गर्दा उपभोक्ताहरू आर्थिक मारमा परेका छन्।
स्थानीय व्यवसायीहरूले बट्टाको नाममा सटहीमा लुट मच्चाइरहेका छन् भने प्रशासनको अनुगमन र नियन्त्रणको अभावले यो समस्या झन् जटिल बनेको छ। नेपाली उपभोक्ताले हरेक किनमेलमा भारुमा भुक्तानी गर्न बाध्य हुँदै आएका छन्, तर सटही दरमा उनीहरूलाई न्यायोचित दर नदिँदा ठूलो आर्थिक भार थपिएको छ। सामान्य वस्तुहरू किन्नै पनि अत्यधिक भारु तिर्नु परिरहेको उपभोक्ताहरूको गुनासो छ। यसप्रकारको गतिविधिमा प्रशासनले छिटोभन्दा छिटो कदम चालेर सटही दरमा हुने लुट रोक्नुपर्ने आवश्यकतामा स्थानीय जनताले जोड दिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top