कृष्णनगर विद्युत कर्मचारीको ज्यादती, बिद्धुतिय समाग्री झिकेर  राख्ने , पछि  राति फिर्ता गर्ने  ।

कृष्णनगर विद्युत कर्मचारीको ज्यादती, बिद्धुतिय समाग्री झिकेर  राख्ने , पछि राति फिर्ता गर्ने ।


कृष्णनगर – नेपाल विद्युत प्राधिकरण कृष्णनगर अन्तर्गत कार्यरत फ्युज सेवा शाखा महाराजगन्जका केही कर्मचारीमाथि उपभोक्ताको पूर्वाग्रही भावनाले  सामग्री  झिक्ने, जरिवाना भन्दै रकम असुली गर्ने आरोप लागेको छ। स्थानीयवासी इन्द्रराम यादवले चैत २५ गते साझँ करिब ८ बजे आफ्नै घरमा कोही नभएको मौकामा कर्मचारी बलराम उपाध्याय कार्यालयको सरकारी गाडी लिएर आएर घर बाहिरको नलमा जडान गरिएको मोटर निकालेर लगेको गम्भीर आरोप लगाएका छन्।
इन्द्ररामका अनुसार, आफू घर फर्किएपछि विद्युत कार्यालयका इन्चार्ज महेन्द्र सहानीलाई सोध्दा “विद्युत चोरी भएकोले जरिवाना तिरेर मोटर फिर्ता लैजानुपर्ने” जवाफ आएको थियो। तर यादवले आफू निर्दोष भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवामा मौखिक उजुरी दिएका थिए।
यसपछि कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख सुशील पौडेललाई भेटेर प्रमाणसहित छानबिन गर्न अनुरोध गर्दा पनि कुनै ठोस कारबाही नभएको यादवले गुनासो गरे। घटना भएको एक महिना बितिसकेको अवस्थामा प्रहरी कार्यालयमा छलफल हुँदा विद्युत चोरी गरिएको पुष्टि नभए पछि  मात्रै रातको समयमा उक्त मोटर विद्युतका कर्मचारीले नै  फिर्ता ल्याएर राखिएको यादवले बताएका छन्।
उनले थप भने, “हामी जस्तालाई त यस्तो हैरानी गर्छन् भने सर्वसाधारणलाई त झन कस्ता सास्ती दिँदै होलान्।” पीडितले कर्मचारी उपाध्याय र सहानीमाथि डर देखाएर रकम असुली गर्ने क्रम चलाएको गुनासो गरेका छन्।
विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख इन्चार्ज सुशील पौडेलले भने, “साना घटनामा सबैलाई कारबाही गर्न सकिन्न, तर इन्द्रराम यादवले विद्युत चोरी गर्नु भएको थियो।” यस्तो बयानले अझै विवाद र आशंका बढाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *