कृष्णनगर सिमा नाकामा चरेस कारोबार बढदै प्रहरीले समात्यो करोबारी

शहबाज खान, कपिलवस्तु
नेपालमा प्रतिबन्द्धित मादक पदार्थ,लागु औषध चरेसको कारोबार दिन दिनै बढदै गएको छ। यो कारोबारमा युवा पुस्ताहरु बढ़ी लागेका छन।

नेपाल सरकारले लागु औषध मादक पदार्थ जस्ता गैर कानुनी कारोबारहरु लाई रोक्नाको लागि समय समयमा करोडौ वार्षिक वजेट लगानि गरि सचेनामुलक कार्यक्रम गरे पनि खासै फरक परेको छैन र यो कारोबार रुकेन‌ भने देशका लाखौ युवा यसको चपेटमा पर्ने आशंका रहेको विज्ञहरुले बताउछन। नेपालको पहाड़ी भुभागरुमा गोप्य रुपमा चरेस जस्ता मादक पदार्थ बनाई तराइका एजेन्ट व मादक पदार्थ व्यापारीहरुको माध्यमले नेपाल भारतको खुल्ला सिमाना बाट नेपालका गरिब बेरोजगार युवाहरु लाई प्रयोग गरि भारतको ठुल ठुला बाजारहरुमा सप्लाई गर्दै आएका छन।

जस मध्ये कृष्णानगर सिमा नाकात पनि प्रयोग हुदै आएको छ। आज इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन् साथै विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले पनि शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा एक व्यक्ति माथि संका लागि सोधपुछ खान तलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए l

शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुदाँ अनुसंधान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसंधान गरिने बताए l

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top