केफ माविको वार्षिकोत्सव तयारी

केफ माविको वार्षिकोत्सव तयारी

पोखरा । पोखरा–१, सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालयले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । यही शनिबार विज्ञान प्रदर्शनी तथा कक्षा ३ देखि १० सम्मका विद्यार्थीका प्रस्तुति हुनेछ । आइतबार नर्सरीदेखि कक्षा २ सम्ममा प्रस्तुति तथा शैक्षिक सामग्री प्रदर्शन गरिनेछ

शनिवार शिक्षाविद् जर्ज जोन र आइतबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको आतिथ्य रहनेछ ।

त्यस अवसरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार वितरण गर्नुका साथै विभिन्न क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने कार्यक्रम  रहेको विद्यालय सञ्चालकमध्येका एक भानुभक्त पोखरेलले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *