कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

काठमाडौं । कोशीका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत छन् । थापाले पक्षमा ४७ र विपक्षमा ३० मत पाए । उपस्थित सांसदको संख्या ७७ रहेको थियो ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले पनि मतदान गरेपछि एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजीका बीच मन्सुरीले थापाले विश्वासको मत बहमुतले पाएको घोषणा गरे । साथै, आगामी बैठक भदौँ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले संविधानबमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिएका हुन् ।

थापालाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको थियो।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *