कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मतको लागि प्रस्ताव पेश गरे

विराटनगर । अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १८८ उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेश गरेका छन् ।

कोशी प्रदेशको ठुलो दलको हैसियतले नेकपा एमालेले गत पुस २४ गते नेकपा माओवादी, राप्रपा, जसपाको समर्थनमा सरकारको मुख्यमन्त्री भएका कार्कीले बिहीबार बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका हुन् ।

नेकपा एमालेका ४० जना, नेकपा माओवादी केन्द्रको १३ जना, राप्रपाको ६ र जसपाको १ जना सांसदहरू सहित कोशी प्रदेश सरकार बनेको थियो । तर माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सरकारले विस्वासको प्रस्ताव गरेको हो ।

कार्कीले पहिलो पाँच वर्षमा धेरै प्रयास गर्दा पनि नामकरण गर्न नसकिएको र आफ्नै कार्यकालमा प्रदेशको नाम राख्न सफल भएको बताए । उनले प्रदेशमा आफ्नो सरकारले धेरै राम्रा काम गरे बताए । मुख्य मन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दलहरु सग सहकार्य गरेर जान सक्ने बताए ।

कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् ।

कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । अहिले नेकपा एमाले नेतृत्वको हिक्मतकुमार कार्कीको सरकारलाई विश्वासको मत पाउन १ जना सांसद आवश्यक पर्ने देखिन्छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसद रहेका छन् ।

कोशी प्रदेशमा १ सिट रहेको जसपा तटस्थ रहने भनेको छ भने, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसले मुख्यमन्त्री कार्कीको सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन्। अहिले २० मिनेटको लागि संसद स्थगित गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top