कोशी प्रदेशमा आफ्नै दलको सरकार बनाउन ‘परमादेश’ माग्दै सर्वोच्च गयो एमाले

कोशी प्रदेशमा आफ्नै दलको सरकार बनाउन ‘परमादेश’ माग्दै सर्वोच्च गयो एमाले

  • तारा आचार्य

विराटनगर । कोशी प्रदेशमा भएको सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत गएको छ ।

प्रदेश सरकार गठनमा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै कार्कीको रिट बोकेर एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोली सर्वाेच्च अदालत गएको हो ।

कोशी प्रदेशमा कुनै पनि दलको बहुमत नपुग्ने भएकाले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई नै मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग्दै कार्कीले सर्वोच्च अदालत गुहार्न लागेका हुन् ।

संविधानको प्रक्रिया मिचेर सरकार बनाइएकोले सो असंवैधानिक कदमविरुद्ध सर्वोच्च जानुपरेकाे  एमालेका नेताहरुले बताएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री थापाले भने आफुसहित ३ सदस्य मन्त्रिमंडल बनाउँदै शुक्रबार शपथ ग्रहण गरेर पदबहाली समेत गरिसकेका छन् ।

उता, एमालेले संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *