कोशी प्रदेश सरकार पुनः विस्तार, नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी हेरफेर

  • तारा आचार्य

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले पुनः सरकार विस्तार गरेका छन् ।

सोमबार चार जना मन्त्रीले सपथ ग्रहण गरेसँगै कोशी प्रदेशमा ९ सदस्यीय मन्त्रीमण्डल बनेको छ । विस्तार भएको मन्त्रीमण्डलमा एक जना मुख्यमन्त्री, पाँच जना मन्त्री र तीन जना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्रीले नवनियुक्त मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गरेका छन् ।

सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् भने लिला बल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन । यस्तै रामप्रसाद महतो उद्योग, कृषितथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराजकार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top