कौतुहलता जगाउँदै फस्र्ट लुकमा जय हो

आगामी भाद्र ८ गते रिलिज हुने फिल्म जय होको आकर्षक फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

निर्माण समूहले बिहीबार फिल्मका दुई आकर्षक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन्। दुई पोस्टरमध्ये पहिलो पोस्टरमा केही व्यक्ति घोडामा आइरहेका छन्, भने उनीहरुलाई रोक्न फिल्मका मुख्य पात्रले तीर चलाइरहेको देखिन्छ। जुन पोस्टरलाई मन पराइएको छ। अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारी मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन् भने सलोन लामो कपाल र जुंगासहित फरक रुपमा देखिएका छन्। अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिँदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा प्रस्तुत गरिएको छ। सार्वजनिक दुई पोस्टरले दर्शकमाझ फिल्मप्रति कौतुहलता पैदा गरेको छ।

सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्माता निर्देशक शोभित बस्नेतद्वारा प्रस्तुत तथा राज के अधिकारी र सुरज सरकारद्वारा निर्मित फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन्। फिल्ममा शम्भुजित बास्कोटा र सागर आलेको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भीएफएक्स, सुभाष काप्mले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर, समिर खान प्रोडक्सन डिजाइनर, सौरभ लामाको डीओपी र बनिश शाहको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top