क्यान्सरसम्बन्धी सचेतना गोष्ठी

क्यान्सरसम्बन्धी सचेतना गोष्ठी

पोखरा । मानव मिलन नारी जागरण नेपालको आयोजनामा शनिबार क्यान्सर रोगसम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको प्राविधिक तथा पोखरा महानगरपालिका वडा ८ को आर्थिक सहयोगमा भएको कार्यक्रममा वडा सदस्य पवित्रा केसीले खानपानबाट रोग निवारण हुने बताउँदै यसमा सचेत हुन आग्रह गरिन् ।

नेपाल अर्बुद रोग निवारण संस्था पोखराका अध्यक्ष प्रेम भुजेलले क्यान्सर रोग खानेकुरा र लागिसकेपछि आत्मविश्वास नै क्यान्सर उपचार हो भनी प्रशिक्षण दिए ।

अर्बुद रोग निवारण संघ कास्कीका सहसचिव तथा कार्यक्रम संयोजक सरु दाहाल र लक्ष्मी भट्टराईले आफूलाई क्यान्सर लागेको अनुभव सुनाएका थिए ।

मानव मिलन नारी जागरण नेपाल कास्की अध्यक्ष रमा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मानव मिलन नारी जागरण संस्थाका संस्थापक एवं सल्लाहकार सावित्री शर्मा, मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्मा लगायतले शुभकामना दिएका थिए । संस्थाका सचिव गीता बिष्ट र सहसचिव उषा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *