क्रान्तिकारी रोमान्सका कारण पहिलो कार्यकाल छोटो भयो : प्रधानमन्त्री

क्रान्तिकारी रोमान्सका कारण पहिलो कार्यकाल छोटो भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा यो प्रक्रियाको जति अनुभव आवश्यक पर्ने थियो, त्यो नभएका कारण सरकारबाट छिटो बिदा हुनु परेको बताएका छन् ।

भर्खर क्रान्तिबाट आएको हुनाले आफूसँग अलिक बढी क्रान्तकारी रोमान्स नै भएको र त्यो रोमान्सका कारण छोटो अवधिमा छाड्नुपरेको उनको तर्क छ । यर्थाथ धरातलमा नै टेक्न सकेको भए, त्यतिबेला म पाँचै वर्ष प्रधानमन्त्री हुने पूरै सम्भावना थियो तर, कहीँ न कहीँ, अलिक बढी आर्दशवादी अलिक बढी मनोगत भएकै कारण सोचेजस्तो हुन नसकेको उनको भनाई छ ।

‘त्यति ठूलो पार्टी, देशको सबैभन्दा शक्तिशाली पार्टी थियो । तर, हामी कहीँ न कहीँ, अलिक बढी आर्दशवादी अलिक बढी मनोगत भएकै हो । म सधैँ सम्झन्छु, मेरो त्रुटि भयो भनेर मैले इतिहासमा भन्छु, मैले गिरिजाप्रसाद कोइरालालाई नै राष्ट्रपति बनाउनु नै पर्दथ्यो ।

त्यसो गरेको भए चिज अर्कै ढङ्गले जान्थ्यो । संविधान समयमै बन्थ्यो, शान्ति प्रक्रिया टुङ्गो लगाउन सकिन्थ्यो । मेरो ‘इन्टेसन’ राम्रो गरौँ, गलत प्रवृत्तिलाई परास्त गराँै भन्ने नै थियो ।

नियतले मात्रै त काम गर्दैन । नीति, योजना र कार्यक्रम पनि वस्तुवादी हुनुपर्छ भन्ने ज्ञान त्यसबाट लिइयो । दोस्रो कार्यकालमा अली अनुभवी यो प्रक्रिया भित्र भए । त्यसभित्र पनि चुनौती त थिए । त्यसबेला धेरै महत्वपूर्ण काम भयो छोटो समयमा भन्ने लाग्छ ।’ प्रचण्डले भनेका छन् ।

राष्ट्रलाई एकताबद्ध बनाएर लैजाने, हिमाल, पहाड, तराईलाई एकताबद्ध बनाउने, सहमति कार्यान्वयन गराउने समयमा आफूले उदाहरण पेश गरेको दाबी छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *