क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रह्यो’

क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रह्यो’

मुम्बई ।

बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंसा गरेका छन्  ।

गए राती सम्पन्न फाइनल खेलमा ६ विकेटले अष्ट्रेलियासँग भारत पराजित भएपछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् ।

‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन्, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’

उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन्, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईँले सम्पूर्ण भारतलाई धेरै खुसी ल्याउनुभयो, त्यसका लागि माया र सम्मान । तपाईँले हामीलाई एक गौरवशाली राष्ट्र बनाउनु हुन्छ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *