क्रिकेट विश्वकप हुने रंगशालाको टुंगो

क्रिकेट विश्वकप हुने रंगशालाको टुंगो

नयाँ दिल्ली, (एजेन्सी) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसिय पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको आधिकारिक खेल तालिका सार्वजनिक गरेसंगै प्रतियोगिता आयोजना हुने विभिन्न १० रंगशालाको पनि टुंगो लागेको छ ।

विश्वकप क्रिकेटको आयोजना भारतका विभिन्न १० शहरमा आयोजना हुने भएको छ । जसमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, बेंगलुरुको एम चिन्नास्वामी स्टेडियम, चेन्नईको एमए चिदम्बरम स्टेडियम, दिल्लीको अरुण जेटली स्टेडियम, धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियम, लखनउको इकाना क्रिकेट स्टेडियम, हैदरवादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम, पुणेको महाराष्ट्र क्रिकेट एशोसिएशन स्टेडियम, कोलकताको इडन गार्डन र मुम्बई वानखेडे स्टेडियम रहेका छन् ।

विश्वकप क्रिकेट प्रतियोगितामा कुल ४८ खेल हुँदैछन् । ५अक्टुबरबाट शुरु हुने प्रतियोगिता १९ नोभेम्बरसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विश्वका सर्वोकृष्ट १० राष्ट्रका खेलाडीहरुको सहभागिता रहने छ । लिग चरणको खेल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घघाटन खेल भने अक्टूबर ५ मा इंग्ल्याण्ड र न्यूजील्याण्डबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । आयोजक भारतले भने आफ्नो पहिलो खेल अक्टूबर ८ मा अस्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्नेछ । प्रतियोगिताको पÞmाइनल म्याच पनि नरेन्द्र मोदी स्टेडियममा नै हुने तालिका रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *