खराब मौसमका कारण श्रीलंकामा १० हजारभन्दा बढी प्रभावित   

कोलम्बो ।  तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।

केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भन्नुभयो, “भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”

मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताउनुभयो । घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।

यसैबीच, श्रीलङ्काको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ । (रासस/सिन्ह्वा)

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top