खेलाडीको सम्मानमा हरिवंशको गीत

खेलाडीको सम्मानमा हरिवंशको गीत

तिप्राप्त हास्यव्यंग्य अभिनेता, निर्देशक, गीतकार तथा गायक हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत गाएका छन्। नेपाली खेलाडीप्रति समर्पित गर्दै हरिवंशले हामी नेपाली, हाम्रो खेलाडी गाएका हुन्।

स्विडेनमा रहेका गीतकार डा. दीपराज थापाको शब्द रचना रहेको गीतको भिडियोमा विभिन्न खेलका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य छन्। नेपाल टी–२० विश्वकपमा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको अवस्थामा यो गीत गाएको आचार्यले बताए। खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने अपेक्षा आचार्यको छ।

गीतका रचनाकार तथा निर्माता डा. दीपराज थापा सिन्धुली जिल्ला मरिण गाउँपालिका –७, हाल रातमाटा सिन्धुलीका हुन्। विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धान वैज्ञानिक रहेका उनले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण हरिवंशलाई यो गीत गाउन आग्रह गरेको बताए। ‘उहाँलाई दुई–चारवटा गीत पठाए“, तर शुरुमै यो गीत राम्रो मान्नुभयो। थापाले स्विडेनबाट भने, ‘नेपालमा खेलाडीको देश चिनाउने दायित्व ठूलो छ। पुराना खेलाडीले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ। तर, खेलाडीलाई जति अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखि“दैन। त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने-गराउने गीत र म्युजिक भिडियो हामीकहाँ कमै बन्छन्। त्यसकारण सबै खेलहरूमा हाम्रो यो गीत राष्ट्रिय गीतको रूपमा गुञ्जियोस् र खेलाडीलाई सम्मान र प्रोत्साहन मिलोस् भन्ने कामनासहित यो गीत ल्याएका हौँ उनको भनाइ छ।

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ। ‘परिषद्का पदाधिकारीले हामीले बनाउनुपर्ने गीत तपाईंहरूले बनाउनुभएछ भनेर तारिफ गर्नुभएको छ’ हरिवंशले सुनाए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *