गठबन्धनमा खटपट, प्रचण्डलाई शेखरको तारन्तार काउन्टर किन ?

गठबन्धनमा खटपट, प्रचण्डलाई शेखरको तारन्तार काउन्टर किन ?

  • सितल रिजाल

काठमाडौं । पछिल्लो केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर गठबन्धन दलभित्र असन्तोष बढ्दै गएको छ । अझ, गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले त प्रधानमन्त्रीले पदीय मर्यादा भुलेर अराजक अभिव्यक्ति दिँदै हिँडेको आरोप नै लगाउने गरेका छन् । यस्तोमा प्रधानमन्त्रीका अभिव्यक्तिलाई लिएर गठबन्धनभित्र दरार सुरु भएको त होइन ? प्रश्न उठ्न थालेको छ ।

आफ्नो तेस्रो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा सहित प्रधानमन्त्रीको शपथ लिएका पुष्पकमल दाहाल प्रचण्ड अहिले कामले भन्दा विवादित अभिव्यक्तिले बढी चर्चामा छन् । राजनीतिमा अस्थिरताको कारकको बिल्ला भिरेका प्रचण्ड कतिबेला के बोल्छन कुनैे टुङ्गो नै हुँदैन् । उनको यस्तै चरित्रका कारण पछिल्लो समय गठबन्धन दल र नेताहरु पनि चिढिदै गएको आशंका छ । मंगलबार मात्रै गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्डले पदीय मर्यादा भुलेर अराजक अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।

कोइराला मात्रै होइन कांग्रेस महामन्त्री गगन थापा लगाएतका अन्य नेताहरुले पनि बारम्बार प्रचण्डका अभिव्यक्तिलाई लिएर प्रश्न गर्ने गरेका छन् । केहि समय अघि प्रधानमन्त्री बन्न भारतको भूमिका रहेको आशयको अभिव्यक्तिले त झन उनी विवादीत मात्रै भएनन् । सदन र सडकमा उनको राजीनामा नै मागियो । त्यसपछि साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिले पनि उनलाई विवादमा तान्यो । यहि अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले आजसम्म पनि प्रधानमन्त्री स्वयमंले जातीय द्धन्द्ध निम्त्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।

केहि दिन अगाडी मात्रै पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको अन्त्य र शुसासनको निम्ति लाखौँ जनता सडक संघर्षमा उतार्ने अभिव्यक्ति दिएका थिए ।

आफै देशको कार्यकारी प्रमुख भएका बेला यस्तो अभिव्यक्ति दिएर प्रचण्डले हिंसा भड्काउन खोजेको भन्दै राजनीतिक बृतमा उनको आलोचना पनि भयो । गठबन्धन दलहरुको जोडबलमा जसोतसो प्रधानमन्त्री बनेका प्रचण्ड बारम्बार यस्ता विवादीत अभिव्यक्ति किन दिईरहन्छन् ? प्रश्न उठ्नु स्वभाविक पनि हो । अझ, कतिपयले त प्रचण्डका अभिव्यक्ति र त्यसको काउन्टरमा कांग्रेस नेताहरुको आक्रोशले गठबन्धनमा दरार उत्पन्न भएको चर्चा समेत गर्न थालेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *