गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन्। मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए। उनले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकाश दिने विचार राखे।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे। उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप सरकारले काय गर्ने बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *