गणपूरक संख्या १ जना अपुग, सार्वजनिक लेखा समितिको बैठक स्थगित

गणपूरक संख्या १ जना अपुग, सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । गणपूरक संख्या (कोरम) नै नपुगेपछि बैठक स्थगित गरिएको हो ।

आज (शुक्रवार)का लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *