गण्डकीकै पहिलो पल्ट चरक मेमोरियलमा ओपन हार्ट सर्जरी

गण्डकीकै पहिलो पल्ट चरक मेमोरियलमा ओपन हार्ट सर्जरी

पोखरा। पोखराको चरक मेमोरियल हस्पिटल, नागढुंगामा गण्डकी प्रदेशमै पहिलो पल्ट ओपन हार्ट सर्जरी गरिएको छ ।

सर्जन डा. अनिल भट्टराई, डा. कृष्णप्रसाद बस्यालसहित डा. अर्जुन गुरुङ, डा. मणिन्द्र बस्नेत लगायतको टिमले गत शुक्रबार पोखरा भलामका ४५ वर्षीय विष्णु गौतमको सफलतापूर्वक ओपन हार्ट सर्जरी गरेको हो । अप्रेसनका क्रममा करिब ३ घण्टा लागेको थियो ।

यसबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले ओपट हार्ट सर्जरी गण्डकी प्रदेशमै पहिलो पल्ट गरिएको बताए । यो सुविधासँगै अब आगामी दिनमा काठमाडौंलगायत बाहिरी मुलुक जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

साउदी अरबमा केही वर्ष बिताएका बिरामी विष्णु गौतमको मुटुको दुई वटा नसा ब्लक भएपछि सर्जरी गर्नुपरेको अस्पतालले जनाएको छ । चरक अस्पतालले ती बिरामीको उपचारमा लाग्ने सबै खर्च निशुल्क गरेको छ । उनी आइतबार घर फर्किने छन् ।

चरकले यो सर्जरी सुविधा दिन आवश्यक मेसिनसहित विभिन्न उपकरण जडान गरेको छ । नेपालमा सन् १९९७ तिर पहिलो पल्ट ओपन हर्ट सर्जरी सुरु भएको हो । त्यसबेला विदेशबाट डाक्टर अर्जरीका लागि आउँथे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *