गाईजात्रालाई शैलेन्द्रको व्यंग्य कविता

गाईजात्रालाई शैलेन्द्रको व्यंग्य कविता

लोकप्रिय हास्यव्यग्यकार शैलेन्द्र सिंखडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति ल्याएका छन्।

सिंखडाले मंगलबार आप्mनो युट्युब च्यानलबाट गाईजात्रा २०८० दर्शकमाझ पस्केका हुन्।

मनोज गजुरलेलगायतका कलाकारका साथ राजधानी बाहिरका शहरमा २०८० सालको गाईजात्रा नामक कार्यक्रममा आप्mनो व्यंग्य कविता प्रस्तुत गर्दै आएका सिंखडाले युट्युब च्यानलमा पनि व्यंग्य कविता नै पस्केका छन्। उनले आप्mनो प्रस्तुतिमा समाजमा विद्यमान विसंगति र विकृतिलाई विषय बनाएका छन्।

४५ वर्षदेखि गाईजात्राका अवसरमा हास्यव्यंग्य प्रस्तुत गर्दै आएका सिंखडाले युट्युबमा करिब १२ मिनेट लामो हास्यव्यंग्य कविता प्रस्तुत गरेका छन्।

सिजुको क्रान्ति प्रजातन्त्र ल्याउने
बाजेको आन्दोलन पञ्चायत प्mयाँक्ने
बाउको जनयुद्ध गणतन्त्र ल्याउने
हाम्रो सदन बन्द दुनो सोभ्mयाएर खाने
छोराहरूको नेपाल बन्द जसरी हुन्छ जसरी हुन्छ विदेश जाने
जेठो ब्रिटिस आर्मी बनेर बेलायतको लागि लड्दैछ
माइलो इन्डियन आर्मी बनेर भारतको लागि लड्दैछ
साइँलो अमेरिकामा पढ्दैछ, अमेरिकाकै लागि केही गर्दैछ।

शैलेन्द्रले राजनीतिक, सामाजिक आर्थिकलगायतका विषयमा हास्यव्यंग्य कविता प्रस्तुत गर्दै आप्mनो प्रस्तुतिमा भनेका छन्।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *