गाईवस्तु थला पर्दा किसानलाई हैरानी

गाईवस्तु थला पर्दा किसानलाई हैरानी

  • सुशीला कार्की

दोलखा । देशैभर अहिले लम्पी स्किन रोगका कारण पशुहरु बिरामी परिरहेका छन् । पहाडी जिल्ला दोलखामा यस रोगले पशुहरु प्रभावित हुन थालेका छन् ।

जिल्ला पशु कार्यालय दोलखाका अनुसार हालम्म साढे ३ हजार हाराहारी पशुहरुमा लम्पी स्किनको संक्रमण देखिइसकेको छ ।

पशुहरु बिरामी परेर मर्न थालेपछि किसानहरु मर्कामा छन् ।

दोलखा जिल्लाको ९ वटै पालिकाका पशुहरुमा लम्पी स्किन देखा परेको छ । जिल्ला पशु सेवा कार्यालय दोलखाका अनुसार सबैभन्दा बढि बैतेश्वर गाउँपालिकाका १५ सय बढि पशुहरुमा यो रोग देखा परेको छ ।

विशेषगरी गाइगोरुमा देखा परेको यो रोगका कारण जिल्लामा हालसम्म ५२ वटा गाइगोरुको मृत्यु भइसकेको छ ।

असारको धान रोप्ने बेलामा गोरु बिरामी परेर थला परेपछि किसानहरु वाली लगाउनै नपाएर चिन्तामा छन् ।

साँघुरा बारीहरु भएका कारण किसानले खेत जोत्नका लागि सामान्यतया ट्याक्टर तथा हाते ट्याक्टरको प्रयोग गर्दैनन् ।

खेत जोत्ने गोरुनै गोठमा थला परेपछि कसरी खेती गर्ने भनेर अन्योलमा परेका किसानहरुलाई तीनै तहका सरकारहरुले वैकल्पिक उपाय र राहत दिनुपर्ने किसानहरुको माग रहेको छ ।

लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट ,संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने पशुहरुमा सर्ने गरेको पाइएको छ । रोगलाई एउटा वडाबाट अर्को वडामा सर्न नदिन पशु ओसारपसारमा कडाइ गरिएको छ ।

पशु चिकित्सकहरुका अनुसार यो रोगको खास उपचार नभएकाले स्वस्थ्य पशुहरुमा यो रोग नफैलियोस् भनेर खोप दिने उपाय मात्रै अपनाइएको छ ।

स्थानिय पालिकाहरुले आफैले आफ्नो पालिकामा खोप खरिद गरेर लगाउने व्यवस्था मिलाइरहेका छन् ।

अहिले स्वास्थ्यकर्मीले खोप अभियानलाई तीव्रता दिईरहेका छन् । पछिल्लो समय नेपालमा लम्पी स्किन संक्रमण बढ्दै गएका कारण यसको संक्रमणबाट गाईवस्तुलाई जोगाउन गोठको सरसफाईमा ध्यान दिनुपर्ने तथा चरनबाट पनि सर्ने भएकाले सजग हुनुपर्ने पशुसेवा विभागको आग्रह छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *