गायिका थापा यो तीजमा नजाने माइत

गायिका थापा यो तीजमा नजाने माइत

गायिका मञ्जु थापाको तीज गीत यो तीजमा नजाने माइत हालै राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ।

लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाको शब्द रचना र संगीत रहेको गीतमा चाँद सिंहको संगीत संयोजन रेहको छ। गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेकोे गीतको भिडियोमा कला र फिल्म क्षेत्रका नाम चलेका महिला कलाकारहरुलाई प्रस्तुत गरिएको छ। भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा, राकेश खड्कालगायतका कलाकारले अभिनय र नृत्य गरेका छन्।

संगीतकार शम्भुजित बासकोटाले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको जनाउँदै यस वर्ष भिन्न प्रकारको गीत रोजेको बताए। गीत र यसको सार्वजनिक कार्यक्रममा गायिका थापाले टिमको मेहनतका कारण गीत र भिडियो राम्रो बनेको बताइन्। अभिनेत्री शर्मिला मल्लले आफूलाई नाच्न अल्छि लाग्ने भए पनि गम्भीरले नचाएको जनाउँदै गम्भीरमा ढुगालाई समेत नचाउने खुबी भएको भन्दै प्रशंसा गरिन्। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो गीतमार्फत यस वर्षको तीज आएको आभाष भएको बताइन्। तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको पनि उनले सुनाइन्। अर्की अभिनेत्री रेजिना उप्रेतीले संगीतकार शम्भुजित बास्कोटासँग करिब आधा दशक फिल्ममा काम गरेको अनुभवको कारण एकैपटकमा गीत कस्तो छ भन्ने पनि नसोधी काम गरेका बताइन्।

मञ्जु थापा र कल्पना थापाद्वारा निर्मित भिडियो य्जिक नेपालले बजारमा ल्याएको हो। प्रकाश खरेलको मिक्सिङ, ए बि मुस्कान रेकर्डिङ र सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियो दिनेश पराजुलीले छायांकन गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *