


चैत ६ कपिलवस्तु
बिजयबगरको गुगौलीमा रहेको दुधाधारीमा विद्यार्थी हरु बीच बिवाद उत्पन्न भएपछि झडप भएको हो । होलीको टिकाको बिषयमा सुरु भएको बिबादले बिद्यालय परिसर तनावग्रस्त भएको थियो ।
विद्यार्थीको दुई समूह बीच झडप हुँदा केही विद्यार्थी घाइते भएका छन भने स्थिति नियन्त्रणमा लिन प्रयास गर्दा १२ भन्दा प्रहरी घाइते भएका छ्न । तनावग्रस्त भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ । बिद्यालयमा रहेका १ दर्जन बढी कम्प्युटरमा क्षति पुगेकोछ भने झ्याल ढोकाहरु समेत फुटेका छन । झडपमा आक्रोशित विद्यार्थीहरु ढुङ्गा प्रहार गरि तोडफोड गरेको थिए ।
विद्यालय परिसर झन्डै तीन घण्टा सम्म तनावग्रस्त रहेको थियो । झडपमा बढी घाइते भएका शसस्त्र प्रहरीलाई सन्जिवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुबै समुहका विद्यार्थी अभिभावक बिच छलफल भइरहेको बताइएको छ ।