गृहमन्त्रीले बोलेलगत्तै एमालेका सांसद जर्याकजुरुक उठे, संसद बैठक भाेलि १ बजेसम्मका लागि स्थगित

गृहमन्त्रीले बोलेलगत्तै एमालेका सांसद जर्याकजुरुक उठे, संसद बैठक भाेलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आफ्नो भनाइ राखेलगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सिटबाट जर्याकजुरुक उठेर पुनः विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले सांसदहरुलाई आफ्नो सिटमा बसेर बैठकलाई अघि बढाउन आग्रह गरे पनि एमालेका सांसदहरुले आफ्नो माग पूरा नभएसम्म बैठक अघि नबढ्ने अडान यथावत नै राखेको छ ।

सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक अघि नबढ्ने भन्दै विरोध जनाउँदै आएको छ । यसअघि पनि पटकपटक बैठकमा अवरोध गरेको थियो ।

तर, बुधबार भने गृहमन्त्री श्रेष्ठलाई बोल्न समय दिने सर्तमा एमालेले संसद अवरोध हटाएको थियो । यद्यपि, गृहमन्त्री श्रेष्ठको मन्तव्यपछि समिति गठनको सुनुवाइ नभए विरोध जारी राख्ने एमालेको अडान थियो ।

गृहमन्त्री श्रेष्ठले आफ्नो भनाइ राखेपछि एमालेका सांसदहरुले सिटबाट उठेर विरोध जनाएपछि बैठक अघि बढ्न सकेन । बैठक अघि बढ्न नसकेपछि सभामुखले साउन २४ गते बुधबार (भाेलि) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *