गोर्खा वारियरको ट्रेलरमा त्यागको कथा

गोर्खा वारियरको ट्रेलरमा त्यागको कथा

काठमाडौं ।

निर्देशक मिलन चाम्सद्वारा निर्देशित वार फिल्म गोर्खा वारियरको दोस्रो ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

ट्रेलर बेलायती गोर्खा सेनामा भर्ना हु“दाको उत्साह र त्यसपछिको संघर्षमा केन्द्रित छ। फिल्मको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जंगल युद्धमा गरेको लडाइँको सेरोफेरोमा थियो।

यो दोस्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकको जीवनशैली, उनीहरूको परिवारिक सम्बन्ध र परिवारको त्यागको कथा पनि प्रस्तुत गरिएको छ।छोरा र श्रीमान्लाई सैनिक बनाउन तथा युद्धमा पठाउनका परिवारले गर्नुपरेका सम्झौतालाई ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरूका परिवारको त्याग, समर्पण र बिछोडको पीडा पनि सशक्तरूपमा उतारिएको छ।

नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्मित फिल्ममा नवअभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सुमन राई र सुस्मिता वाइवाद्वारा निर्मित फिल्ममा प्रशान्त थापा कार्यकारी निर्मातामा र सुरेश राई सहनिर्माता रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *