गौतमको गोरेटो

गौतमको गोरेटो

विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार तथा कलाकार गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रमोद खरेलको गायन, हिमांशु रायमाझीको शब्द र नविन रहपालको संगीत रहेको गोरेटो नामक गीतको भिडियो हालै सार्वजनिक भएको हो। त्रिकोणात्मक प्रेम कथामा आधारित भिडियोमा गौतमका साथमा ऋचा थापाले अभिनय गरेकी छिन्। भिडियोमा यी दुई कलाकारको प्रेम, रोमान्स र विवाहको कथा प्रस्तुत गरिएको छ।

भिडियोमा मोहन लोहान पनि छन्। भिडियो प्रदीपकुमार रसाइलीले निर्देशन गरेका छन् भने छायांकन केशव विश्वकर्मा र सम्पादन अमृत चापागाईंको रहेको छ। पीआर इन्टरटेनमेन्टले तयार पारेको अडियो भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

२०७५ सालमा कराँतेको ब्ल्याक बेल्ट डङेस लगाएर उडिरहेको हेलिकप्टरवाट स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामक अंकित गर्न खेलाडी गौतम फरक शैलीका म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *