गौरीले ल्याइन् धिन ताका नाका धिन

गौरीले ल्याइन् धिन ताका नाका धिन

लोकप्रिय अभिनेत्री गौरी मल्ल गायिका पनि हुन् भन्ने धेरैलाई हेक्का नहुन सक्छ। उनी अभिनेत्री मल्लले आफ्नो गायकीलाई अघि बढाउने क्रममा पुनः नयाँ गीत दर्शक स्रोतामाझ पस्केकी छन्।
अभिनेत्री मल्लले मंगलबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच धिन ताका नाका धिन बोलको गीतको भिडियोसहित सार्वजनिक गरेकी हुन्।

कविता र गजल लेखनमा समेत कलम चलाउँदै आएकी अभिनेत्री मल्लले नजिकिँदो तीजको अवसरमा सार्वजनिक गरेको गीतको शब्द रचना र संगीत पनि आफैले तयार पारेकी छन्। गीतमा गौरीले आपूm अस्ट्रेलिया, अमेरिका, जापानजस्ता विश्वका थुप्रै देशमा पुगिसकेको खुलाउँदै जहाँ गए पनि मायाचाहिँ आप्mनै देशको लाग्ने भाव पोखेकी छन्।

सार्वजकि गीतको भिडियोमा गौरी भिन्न रूपमा देखिएकी छन्। गीतको भिडियोमा अभिनेत्री मिथिला शर्माले गौरीका साथ सहकार्य गरेकी छन् भने समाइरा श्रेष्ठ, तेञ्जु योञ्जन, निलम पौडेल, सिम्रन शेरचनलगायत पनि सहभागी छन्।। सन्तोष राजबाहकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालको छ।

जमलस्थित विश्वज्योति कम्प्लेक्समा आयोजित कार्यक्रममा अभिनेत्री मल्लले गीत सार्वजनिक गर्नुका साथै आप्mनो नामको युट्युब च्यानल पनि शुभारम्भ गरेकी छिन्। समारोहमा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, विशेष अतिथीहरु अभिनेत्री वसुन्धरा भुषाल, मिथिला शर्मा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, अभिनेता तैयव शाहलगायतले गौरी मल्ल च्यानल नामक उनको आधिकारिक युट्युब च्यानलको शुभारम्भ गरेका थिए।

कार्यक्रममा मदनकृष्णले गौरी नृत्य, गायन र अभिनय तीनै कलामा पोख्त नाट्येश्वरकी छोरी भएको चर्चा गरे। अभिनेत्री वसुन्धरा भुसालले परिस्थितिले साथ नदिँदा गौरीको गीतको भिडियोमा अभिनय गर्न नपाएको खुलाइन्।

अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतको भिडियोमा काम गरेको बताइन्। गौरी मल्लले गायन यात्राको स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिस्ट डिजे एलएक्सको सल्लाहमा सो गीत आफैंले गाएको खुलाइन्।

उनले यस प्रकारको गीत गाउन सक्छु भन्ने हिम्मत नभएको तर सफल भएको जनाउँदै अब गायन यात्रालाई निरन्तरता दिने बताइन्।बाल्यकालदेखि नै गायनमा रुचि राख्ने अभिनेत्री मल्लले दर्जन बढी गीत गाइसकेकी छन्। यस क्रममा गौरीले भाइ नामक फिल्ममा नायिका मेलिना मानन्धरका लागि गीत गाएकी थिइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *