गौरीशंकर क्याम्पसको वार्षिकोत्सवमा सम्मान

गौरीशंकर क्याम्पसको वार्षिकोत्सवमा सम्मान

हेमजा । गौरीशंकर बहुमुखी क्याम्पसको बुधबार सम्पन्न ३३ औं वार्षिकोत्सवबीच विभिन्न संघसंस्था एवं व्यक्तिलाई सम्मान गरिएको छ ।

क्याम्पसले नेलम्बो नेपाल, संस्थापक सदस्यद्वय दीपक पौडेल र विष्णुप्रसाद पौडेल, सञ्चालक समितिका पूर्व अध्यक्ष धर्मराज बास्तोला, पूर्व सञ्चालक समिति सदस्यहरू गंगाबहादुर थापा, गंगाबहादुर कुँवर र गुमा श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख डम्बरसिंह बस्नेत र युवराज दवाडी, पूर्व प्राध्यापहरू दीपक त्रिपाठी, ज्ञानुमाया तामाङ कुँवर र श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।

त्यसैगरी छात्रवृत्तिकोषदाता शेषमणि त्रिपाठी, दोहा कतार सेवा समाज, गौरीशंकर सहकारी, भानुभक्त शर्मा पौडेल, मधुसुदन त्रिपाठी, एनआरएन जापान, प्राध्यापकहरू लीलाधर अधिकारी, महेश्वर पोखरेल, महेश्वर पौडेल र निरकुमारी ढुंगाना तथा दीर्घ सेवाबाट कर्मचारी वीरेन्द्रबहादुर कुँवर सम्मानित भए ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले संस्था स्थापना गर्नु ठूलो कुरा नभई त्यसको दिगो सञ्चालन महत्वपूर्ण हुने औंल्याइन् । संविधानअनुसार शिक्षाको अधिकार प्रदेश सरकारमा नरहेको स्पष्ट पार्दै सदस्य पहारीले त्यसका बाबजुद पनि गौरीशंकर क्याम्पसको वृद्धि विकासमा आफू लागिरहने प्रतिबद्धता जनाइन् ।

उनले गौरीशंकरलाई अभिभावकको रोजाइमा पार्ने क्याम्पस बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि विद्यार्थी, प्राध्यापक र भौतिक पूर्वाधारको संयोजन हुनुपर्ने धारणा राखिन् ।

वडाध्यक्ष मोतिलाल तिम्सिनाले क्याम्पस हेमजाको गहना भएको उल्लेख गर्दै क्याम्पसमा भौतिक साथसाथै शैक्षिक विकास वृद्धि गर्नुपर्ने औंल्याए ।

त्यस अवसरमा नेपाली कांग्रेस वडा सभापति तथा छात्रवृत्तिकोषदाता मधुसुदन त्रिपाठी, संस्थापक सदस्य दीपक पौडेल, तत्कालीन महायज्ञका दाता भागवत नेपाल लगायतले पनि धारणा राखे ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले शैक्षिक एवं आर्थिक प्रतिवेदन पेस गर्दै विभिन्न कठिनाइका बीच क्याम्पस सञ्चालन भइरहेको स्पष्ट पारे । उनले क्याम्पसको उन्नयनका लागि सरोकारवाला सबैले चासो राख्नुपर्ने औंल्याए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमा त्रिपाठी तथा विद्यार्थी धनदेवी जिसीले स्वागत तथा सहायक प्राध्यापक महेश्वर पौडेलले कार्यक्रम सञ्चालन गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *