गौर हत्याकाण्डका पीडितले भेटे प्रधानमन्त्री

गौर हत्याकाण्डका पीडितले भेटे प्रधानमन्त्री

काठमाडौं । गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

भेटका क्रममा प्रधानमन्त्रीले चाँडै गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिले जनाएको छ । गौर हत्याकाण्डका पीडितहरूले लामो समयदेखि न्यायका धर्ना र प्रदर्शन लगायतका कार्यक्रम गरिरहेका छन् ।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।

१७ वर्षअघि रौतहटमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो ।

निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *