ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

पोखरा । पोखरा–१२, रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलका कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरिएको कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिए ।
विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी बहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए ।
उपप्राचार्य वेदप्रसाद शर्माले अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको बताउँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न आग्रह गरे ।
विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डा. नगेन्द्र भण्डारीले मन्तव्य दिएका थिए ।
‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ (कम टु लर्न, गो टु सर्भ) को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ ।
विद्यालयमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
विद्यालयका प्राचार्य बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *