चन्द्रौटामा गोदामजस्तो घरबाट २३ बोरा अवैध कपडा बरामद, मुख्य तस्कर सञ्जय गुप्ताको संलग्नता शंका

चन्द्रौटामा गोदामजस्तो घरबाट २३ बोरा अवैध कपडा बरामद, मुख्य तस्कर सञ्जय गुप्ताको संलग्नता शंका

कपिलवस्तु असोज २० — शिवराज नगरपालिका–५ चन्द्रौटा कटनीस्थित चिरञ्जीवी खनालको घरभित्र लुकाएर राखिएको ठूलो मात्रामा अवैध कपडा सोमबार सुरक्षा निकायले बरामद गरेको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख सुवास श्रेष्ठको नेतृत्वमा पुगेको संयुक्त टोलीले घरमा खोजतलासी गर्दा २३ बोरा ठूला कपडा भेटिएको जनाएको छ। बरामद गरिएका कपडाहरू थप अनुसन्धानका लागि बुटवल पठाइएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरका डीएसपी तुला चौधरीको कमाण्डमा गरिएको उक्त अपरेसन राजस्व अनुसन्धान कार्यालयको समन्वयमा गरिएको थियो।

सुरक्षा स्रोतका अनुसार यी कपडाहरू सञ्जय गुप्ता नामका कुख्यात तस्करले गोदामका रूपमा प्रयोग गर्दै आएको घरमा लुकाइएको सूचनाको आधारमा छापा मारिएको हो।
सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालय दुवैले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिहरूमाथि कानूनी प्रक्रिया अघि बढाइने बताएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *