चर्चित नेता जायसवालको चुनाव चिन्ह ‘लालटेन’


कमलेश चन्द गुप्ता
कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका महेश जायसवालले लालटेन चुनाव चिन्ह पाएका छन् ।
३० वैशाखमा हुने निर्वाचनका लागि जायसवाले निर्वाचन आयोगबाट लालटेन चुनाव चिन्ह पाएको जानकारी दिए ।

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन् । त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव चिन्ह


कृष्णनगरमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार जायसवालको नाम पनि चर्चामा छ। जायसवाल कृष्णनगरका प्रभावशाली नेता शिव प्रसाद जायसवालका छोरा हुन। बुवा शिव प्रसादले नेकपा एमालेबाट टिकेट नपाएपछि छोरा महेशले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।
कृष्णनगरमा कांग्रेसबाट रजत प्रताप शाह, एमालेबाट कुनाल प्रताप शाह , राप्रपाबाट दीपक राजौरिया चुनावी मैदानमा छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *