चलेन राष्ट्रियसभा, एमालेद्वारा लगातार चौंथो बैठक पनि अवरुद्ध

चलेन राष्ट्रियसभा, एमालेद्वारा लगातार चौंथो बैठक पनि अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेका कारण आज पनि बैठक चल्न सकेन ।

आईतबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध जारी राख्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनः स्थगित हुन पुगेको छ ।

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राखे । उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिनलायक नरहेको जिकीर समेत गरिन् । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनी प्रश्न समेत गरिन् ।

‘हामी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्य पात्र भएर गरिरहनु भएको प्रहसनको नाटक हेरिरहेका छौं । वास्तवमा पाष्ट हिष्ट्री सम्झन मन लाग्दैन,’ उनले भनिन्, ‘विगतमा पनि जनयुद्ध गर्दैगर्दाखेरी उहाँ र एक जना नेताले भारतलाई लेखेको पत्र पछि सार्वजनिक भएको थियो । उहाँ धेरै ढाँटनु हुन्छ देशलाई । धेरै ढाँटनु हुन्छ नेपाली जनतालाई । उहाँ स्वाधिनताको विरुद्धमा धेरै पटक उभिनु भएको छ । उहाँका यस्ता कर्तुतहरु विगतमा पनि धेरै देखिए ।’

एमसीसीमा पनि एउटा बोलेर अर्को काम गरेको भन्दै उनले आक्रोश पोखिन् । प्रधानमन्त्री प्रचण्डले स्वाधिनताको विरुद्ध, यो देशको राष्ट्रियताको विरुद्धमा, स्वाभिमानका विरुद्धमा पटकपटक धावा बोलेको र भारतलाई नेपाल सरकार बनाउन खुला रुपमा आमन्त्रण गरेको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डले पटकपटक राष्ट्रघाती काम गरेकोले अब सैह्य नहुने उनको भनाइ थियो ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *