
काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले योदशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरुप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्। ग्राहकहरुले ‘सेलिब्रेट ग्रेटने’ योजनाअन्तर्गत टिसिएल को कुनै पनि टेलिभिजनको खरिदमा रु. ४४,७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्।
त्यस्तै वाशिङ मेसिन खरिदमा रु.१४,४०० सम्मको छुटका साथै ६ केजीको एरियलमेटिक पाउडर उपहार पनि पाउन सक्नेछन। यसका साथै ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयरकन्डिसनरको खरिदमा रु. ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन । र ग्राहकहरुले टिसिएलको साइड बाइसाइड रेफ्रिजरेटरको खरिदमा रु.३१,८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन्।
साथै, कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्रीइन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ। त्यसैगी शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सिजिलोयल्टी क्लब’ कोरिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्ने छन् । यी सुबिधाका लागि ग्राहकहरुले डब्लुडब्लु डट सिजिइलेक्स डट कम (www.cgelex.com) मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजीइ ओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँबजाररकाठमाडौंबाहिरपोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।