चामलमा कालोबजारी गर्नेविरूद्ध कडाइ, एन्ड्रोइड फोनमा यस्ताे फिचर

चामलमा कालोबजारी गर्नेविरूद्ध कडाइ, एन्ड्रोइड फोनमा यस्ताे फिचर

काठमाडाैँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्नको मल्य बढ्ने आशंका गर्दै बजार अनुगमनमा कडाई गर्ने भएको छ । बिभागले पछिल्लो समय भारतले चामल निर्यातमा रोक लगाएपछि चामल लगायतका खाद्य सामग्रीहरुको बजार अनुृगमनलाई कडाई गरेको हो । विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनबाट खाद्यान्नको मूल्य बढेको निश्कर्ष निकालेको छ । बजारमा ब्यवसायीहरुले खाद्यान्नमा कृतिम अभाव सिर्जना गरी मूल्य बढाउने गरेको भेटिएमा तत्काल कारवाही गर्ने बाणिज्य बिभागले जनाएको छ । पछिल्लो पटक बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य ब्यापारीहरुले मनोमानी तरिकाबाट बढाएको उपभोक्ताहरुको गुनासो छ । बजारमा पछिल्लो समयमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न लगायतको बस्तुको अस्वाभाविक रुपमा मूल्य बृद्धि हुदाँ पनि सरकारी अनुगमन फितलो रहेको छ ।

लगानी स्वीकृतिमा गिरावट

पछिल्लो समय नेपालमा लगानी बोर्डमार्फत हुने लगानी स्वीकृति घटेको छ । उद्योग विभागका अनुसार गत आव ०७९÷८० मा लगानी बोर्डमार्फत हुने लगानी स्वीकृति अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले घटेको हो । बोर्डले गत आवमा विभिन्न पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । त्यसमा एक खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड रुपैयाँ स्वदेशी लगानी रहेको छ । भने, अघिल्लो आव ०७७÷७८ लगानी बोर्डले दुई खर्ब १९ अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो । कोभिड महामरी, रसिया युक्रेन युद्धले निम्त्याएको विश्वव्यापी आर्थिक मन्दी लगायत विभिन्न कारणले लगानी प्रभावित भएको हुन सक्ने बोर्डले जनाएको छ ।

एन्ड्रोइड फोनमा स्वतः जुम हुने फिचर ल्याइँदै

गुगलले केही समयमै एन्ड्रोइड फोनमार्फत बारकोड स्क्यान गर्दा स्वतः जुम हुने फिचर ल्याउने भएको छ । गुगलले टाढा रहेका बारकोडहरू स्क्यान गर्न सजिलो बनाउने उद्देश्यसहित स्वचालित रूपमा बारकोड जुम हुने फिचर ल्याउन लागेको छ । उक्त फिचर ल्याउन एन्ड्रोइडले आफ्नो एपीआईमा काम गरिरहेको एन्ड्रोइड जानकार मिशाल रहमानले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले एक एक्स पोस्ट (ट्वीट) गर्दै अपडेटेड एपीआईहरूलाई बारकोड स्क्यानिङ गर्ने एपहरूमा प्रयोग गरिने र त्यसले डेभलपरहरूलाई एप निर्माणमा सहयोग गर्ने बताएका छन् । यस सुविधा एन्ड्रोइड १३ र त्यसमाथिका भर्सनहरूमा उपलब्ध हुने बताइएको छ, जुन बारकोड स्क्यान गर्ने प्रयोगकर्ताहरूका लागि निकै सहयोगी बन्न सक्ने देखिएको छ ।

नेपाल पनि वृृज एडिटिप्स् उत्पादन

केडिया अर्गानाइजेशनले नेपाली बजारमा बृज एडिटिप्स् उत्पादन सुरु गरेको छ । पुर्वाधार निर्माणका संरचनालाई मजबुत बनाउनका लागि उक्त उत्पादनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कम्पनीको दावी छ । निर्माण संरचनाका मेकानिकल र भौतिक प्रोप कोटिंग प्रणाली सुधार गर्न बृज एडिटिप्स्ले सहयोग गर्ने कम्पनिले जनाएको छ । उक्त उत्पादन घर, बंगला तथा व्यवसायीक भवनमा प्रयोग गर्दा सँधैका लागि छतबाट पानी चुहिने समस्या समाधान हुनुका साथ भौतिक संरचनाहरुलाई वाटरप्रुफ बनाउने कम्पनिको दाबी छ । बृज एडिटिप्सलाई सिमेन्टसँग मिसाएर प्रयोग गर्दा भौतिक संरचनाहरुको गुणस्तर अब्बल हुने केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियाले बताए । यस्तै, बृज एडिटिप्सले भौतिक संरचनाहरुमा ओसिलोपन हुन नदिने, कंक्रीटलाई मजबुत बनाउने, डन्डीमा खिया लाग्नबाट रोक्ने, पानी सिमेन्ट राशन घटाउने कम्पनिको भनाई छ ।

आम्दानी घटे पनि नाफा ३९ प्रतिशतले वृद्धि

कृषि विकास बैंकको आम्दानी घटे पनि नाफा ३९ प्रतिशतले वृद्धि भएको छ । तर वितरणयोग्य मुनाफामा भने कमी आएको छ । कृषि विकास र्बैकको खुद ब्याज आम्दानी घटे पनि कृषि विकास बैंकको नाफा ३९ प्रतिशतले बढेको हो । बैंकले यस आर्थिक वर्ष ३ अर्ब ९ करोड खुद नाफा कमाएको छ त्यसैगरी अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले ८ अर्ब खुद ब्याज आम्दानी गरेको छ । बैकको नाफा बढे पनि वितरणयोग्य मुनाफा भने ४३ प्रतिशत साँघुरिएको छ। असारसम्म यस्तो नाफा २ अर्ब रुपैयाँको रहेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *