चार तले भवन भत्किँदा ३७ जनाको मृत्यु, २१ जना घाइते

चार तले भवन भत्किँदा ३७ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी।

क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो ।

शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ । ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ ।
भवन भत्केको खबर पाउने वित्तिकै घटनास्थल पुगेका एक जना समाजसेवीले एउटा शिशुलाई बिना कुनै चोटपटक सकुशल उद्धार गरिएको बताएका छन् ।

घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *