
नेपाल किसान महासङ्घले पोखरामा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए । उनले भने “चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्याए ।