चित्लाङमा हामी तीन भाइ

चित्लाङमा हामी तीन भाइ

मधुसूदन भद्मराईको निर्देशनमा निर्माणाधीन फिल्म हामी तीन भाइको छायांकन शुरु भएको छ।

गत असार २९ गते गोरखास्थित मनकामना मन्दिरमा स्कृप्ट पूजा गरिएको फिल्मको शुक्रबार मकवानपुरको चित्लाध्रबाट छायांकन शुरु गरिएको हो। प्रसिद्धि सिने आटर््सको ब्यानरमा साजित महतको प्रस्तुति र त्रिरत्न श्रेष्ठको निर्माण रहने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्हवी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हवल्दार), यादव देवकोटा (सरापे), भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अञ्जु हमाल, विकास चापागाई, सुष्मा निरौला, राज दीप, तारा शर्मा, बाल कलाकार एलेक्स खड्कालगायतले अभिनय गर्नेछन्।

निर्देशक भद्मराईको कथा रहेको फिल्ममा पटकथा र संवाद शिवम् अधिकारीको छ भने एसबी सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिध्र मुकेश शाह, भीएफएक्स समिर मियाँ, शिव ढकालको छायांकन र बनिष शाहको सम्पादन रहनेछ। विक्रम तामाङ कार्यकारी निर्माता रहने फिल्ममा प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सह–निर्माता रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *